आङ्दोर्जे पासाङफुटी स्मृति कप प्रतियोगिता सम्पन्न



हाम्रो इकोनोमि

 

 

स्वर्गीय आङ्दोर्जे पासाङ्पसटिको स्मृतिमा आयोजना हुने ‘आङ्दोर्जे पासाङफुटी स्मृति कप प्रतियोगिता’ सम्पन्न भएको छ । दोलखाको श्री गर्जाङ ढुंगा माविको ६२ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको सन्दर्भमा आयोजना भएको उक्त भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त स्मृति कपलगायत अन्य विभिन्न कार्यक्रमहरू पनि भएको थियो । कार्यक्रममा मन्त्री थपलियाले दोलखाका शिक्षाको क्षेत्रमा गर्जाङ ढुंगा माविले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यो विद्यालयले यस्तै भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारबाट आफूले गर्न सक्ने कामहरू विद्यालयका लागि गर्ने प्रतिबद्धा व्यक्त गरे । विद्यालयको शैक्षिक विकासका लागि योजना बनाएर मन्त्रालयमा आउन विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आग्रह गरे । त्यस्तै सांसद उर्मिला सुनुवारले दोलखाको विकासमा गर्न शिक्षा क्षेत्रको विकास हुनु अनिवार्य भएको बताइन् । उनले गर्जाङ मावि लगायत सबै विद्यालयको गुणस्तर विकास गर्न गुरु योजना बनाउन आवश्यक रहेको बताइन् ।

सांसदको हैसियतमा आफूले गर्नपर्ने सबै सहयोग गर्ने भन्दै उनले विद्यालय परिवारलाई आवश्यक सहयोग माग्न समेत अनुरोध गरिन् । उनले विद्यालयमा आवाशिय भवनको आवश्यक पर्ने र त्यसको व्यवस्थापन गर्न शिक्षकहरूले मुख्यतया ध्यान दिनुपर्ने पनि बताइन् । सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई पनि अनिवार्य रूपमा सरकारी विद्यालयमा आफ्नो छोराछोरी पढाउँदा पनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एउटा पाइला हुने बताइन् । कार्यक्रममा अर्का सांसद भरत केसीले दोलखाको विद्यालय सुधार अभियान चलाउन आवश्यक रहेको बताए । पछिल्लो समय सरकारी र सामुदाय विद्यालयप्रति विद्यार्थी तथा अविभावकको समेत आकर्षण कम हुँदै गएको अवस्थामा एउटा अभियान नै आवश्यक रहेको उनको भनाइ छ । यसको लागि दोलखाका स्थानीय तह र विद्यालयहरू तयार भए सांसदको हैसियतमा आफूले सबै सहयोग गर्ने बताए ।

जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले विद्यालयको शैक्षिक र भौतिक गुणस्तर विकास गर्न योजना बनाएर अघि बढिरहेको बताए । उनले स्थानीय तहसँग यसको लागि पुरा गर्ने सबै सामर्थ नहुने भन्दै प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजुले पार्टीको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले एमाले विकास र समृद्धिको पक्षमा काम गर्ने पार्टी भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...