प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित



हाम्रो इकोनोमि

 

 

 

प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गर्नुभएको हो । तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु रहेका थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामि दिनहरुमा पनि अझ उचाइमा पुग्ने विश्वास एवं प्रण व्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको उल्लेख्य सहभागीता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...