काठमाडौं उपत्यकामा कित्ताकाट खुल्यो



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकामा कित्ताकाट खुलेको छ ।  उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो ।  भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ ।  विभागका अनुसार ती स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्  । अन्य विधामा भने छुट्याउन बाँकी छ ।  २०७९ जेठ २३ गतेदेखि भू-उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ ।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् । सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो । सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको विभागका सूचना अधिकारी विष्णु कुमार महत बताउँछन् ।

अन्य विधामा पनि जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई आह्वान गरिएको उनले बताए ।  विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् ।

त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सुर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।   ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...