बोल्न थाले चन्द्र भण्डारी, स्वास्थ्यमा सुधार



 

 

घरमै ग्यास लिक भएर आगलागीमा परी गम्भीर घाइते भई भारतको मुम्बईमा उपचाररत नेपाली कांगेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा उपचाररत मंगलबारबाट बोल्न थालेका छन् । उपचारमा संलग्न डा. प्रशान्त महाराणेका अनुसार एण्टीबायोटिक थपपश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको उनीसँगै गएका नेता योगराज कंडेलले जनाएका छन् । उनलाई मुखबाटै खाना दिइएको छ ।

उनका अनुसार ५ लिटर अक्सीजनमा झारिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । ‘डाक्टरसँग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका कंडेलले बताएका छन् । गत वुधबार राति काठमाडौंस्थित निवासमा ग्याँस लिक हुँदाँआगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि बिहीबार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सडक आन्दोलनमा होमिने राप्रपाको तयारी

    राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजीको

तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय

    नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन्

पूर्वमन्त्री कुशवाहले माओवादी छाडे, जनमत पार्टीबाट उम्मेदवार घोषणा

    नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश