नास्टले माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन गर्ने



 

 

नेपालमै पहिलो पटक राष्ट्रिय प्रवर्तन सम्मेलन आयोजना हुने भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यूके एड द एसिया फाउन्डेसनसँगको सहकार्यमा आउँदो माघ १० गते सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनका क्रममा विज्ञान प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी प्रेमवर्क र विश्व नवप्रवर्तन सूचकांक तथा राष्ट्रिय नवप्रवर्तन सूचकांकजस्ता विषयमा छलफल हुनेछ। यो कार्यक्रमले प्राज्ञिक क्षेत्र, सरकार र सेवा क्षेत्रमा क्रियाशिल अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने बताएइएको छ।

सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशिल प्रतिमा प्रदर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने जनाएको छ। एक दिने यो सम्मेलन भर्चुअल तथा भौतिक उपस्थिति दुवैको मिश्रित ढाँचामा सञ्चालन हुनेछ। सम्मेलनका क्रममा प्यानल छलफल, विज्ञ प्रस्तुति र प्रदर्शनीहरू रहनेछन्।

सम्मेलनको उद्घाटनमा देशका सातै प्रदेशका नवप्रवर्तक तथा आविष्कारकहरुलाई निम्त्याइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को प्रमुख आतिथ्यता रहने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि माननीय मन्त्री शिशिर खनाल रहने बताइएको छ। पहिली राष्ट्रिय नवप्रवर्तन सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रका व्यक्तिहरुलाई एकै स्थानमा ल्याउने उद्देश्य राखेको छ। सम्मेलनले सिकाइ आदानप्रदान गर्नुका साथै छलफल तथा सम्वाद वृद्धि गर्न र सरोकारवालाबीच नीतिगत सल्लाह सुझाव लेनदेनको मौका दिनेछ जसले मुलुकमा सामाजिक र आर्थिक विकासमा योगदान पुग्नेछ। यसका साथै देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्य समेत सम्मेलनले लिएको छ। सम्मेलन स्थलमा सातै प्रदेशबाट प्रतिनिधित्व गरेका विभिन्न २० ओटा नवप्रवर्तनको प्रदर्शनी समेत हुनेछ।

देशमा अनुसन्धान र विकासलाई बढावा दिन, दिगो विकास हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक स्थानमा ल्याउन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकांकमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन आवश्यक रहेकोले यो सम्मेलन गर्न लागिएको बताएको छ। मुलुकको अर्तन्त्रको विकासका लागि आवश्यक क्षेत्रहरू पहिचान तथा उजागर गर्ने कार्यका लागि सम्मेलनले एउटा माध्यमको रूपमा काम गर्नेछ जसले प्राविधिक जनशक्ति र नीति निर्माताहरुलाई एउटै स्थानमा ल्याएर नवप्रवर्तनका लक्ष्य प्राप्ति गर्ने दिशामा विद्यमान रहेका समस्या पहिचान गरी समाधानको बाटो समेत पहल्याउने आशा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र १ करोड नगदसहित ७ जना पक्राउ

    उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई

डिडिसीले किसानलाई ४८ करोड भुक्तानी गर्‍यो

    दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

यसकारण मलाई गोदावरीमा निषेध गरियो : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी