पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएका छन्।  उनले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवलाई निर्देशन दिएका हुन्।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यस बमोजिम नै मूल्य समायोजना गर्न भनेको हो।  आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल, हवाइ इन्धनमा मुल्य कटौती गर्न निर्देशन दिएको संयोजक शर्माले बताए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...