डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई भोट हाल्न काग्रेस नेताको निर्देशन



 

 

नेपाली काग्रेस डोटीका नेताहरुले जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुलाइ निसन्कोच भएर मतदान गर्न निर्देशन दिनु भएको छ । जिल्लाको केआइसिङ्ह गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काङ्ग्रेस नेताहरुले पार्टीको केन्द्रिय नीति, निर्देशन अनुसार पुराना मनमुटाव तथा तिक्तताको अन्त गर्दै देश र सम्बिधानको रक्षा गर्नका लागि भएपनि बाम गठबन्धनका सझा उमेदवारहरुको पक्षमा खुलेर मतदान गर्न नेताहरूले निर्देशन दिनु भएको हो ।

यसै क्रममा काग्रेस डोटी सभापति नरेन्द्रबहादुर सिंहले यही मंसिर ४ गते हुने निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारलाई भोट हाल्न निर्देशन दिनु भएको छ । केआइसिंह गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको शुभ दिपावली, नेपाल सम्वत तथा छटपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सभापति सिंहले बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेलाई प्रतिनिधीसभामा तथा डोटी क्षेत्र नं ख बाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओली तथा क्षेत्र नं क मा म नरेन्द्र सिंहलाई प्रदेश सदस्यमा निर्वाचित गर्नका लागि मतदान गर्न निर्देशन दिनु भएको हो । बाम लोकतान्त्रिक गठबन्धनको नेतृत्व नेपाली काग्रेसले गरीरहेको हुँदा काग्रेसका सम्पूर्ण नेता कार्यकर्ता तथा सुभचिन्तकहरुले बाम लोकतान्त्रिक गठबन्धनलाई डोटीबाट विजयी गराउनु पर्ने उहाँको धारणा थियो ।

डोटीमा काग्रेसको मतभार बढी भएकाले अहिले बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराए डोटीमा काग्रेसकै जित हुने सभापति सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीमा स्थानीय तहको मतभार र विजयी भएका पालिका पनि हाम्रै बढी छन्, हामीले बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारलाई जिताए त्यसको सम्पूर्ण प्रसय हाम्रै हुने छ, त्यसैले निर्धक्कका साथ गठबन्धनका उमेदवार जिताउनुस् ।”

सोही कार्यक्रमका सभापति तथा काग्रेस नेता भरतबहादुर खड्काले कुनै पनि संकोच तथा रिसराग नराखी बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार जिताउन सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बाम लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा होमिएका छौँ, हाम्रो मुख्य लडाई भनेको नेकपा एमालेसँग हो, हाम्रा साझा उमेदवार जिताउन लाग्नुस, पार्टीको निर्देशन पनि त्यहि हो, पुराना कुरा बिर्सिनुस ।” यसैगरी काग्रेसका पूर्व डोटी पार्टी सभापति प्रदीपकुमार देउवाले बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार विजयी भएका खण्डमा केन्द्र र प्रदेशमा नेपाली काग्रेसकै नेतृत्वमा सरकार गठन हुने निश्चित रहेकाले अहिले आम काग्रेस जनले बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार जिताउनका लागि खटिनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार विजयी भए काग्रेसकै नेतृत्वमा सरकार गठन हुने छ, हामीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि भएपनि बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार जिताउनु पर्छ ।” उक्त कार्यक्रमका अर्का अतिथी काग्रेस नेता तथा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले अउदो मंसिर ४ गतेको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार विजयी गराउन आफुहरुको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, “बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार जिताउन हामी इमान्दारिताका लाग्ने छौँ,डोटीमा काग्रेस नेता, कार्यकर्ता तथा सुभचिन्तकले पूर्ण रुपमा सहयोग गर्नेमा आफु विश्विस्थ छु ।”

प्रतिक्रिया दिनुहोस
सुखी नेपाली, समृद्ध नेपाल नै हाम्रो प्रमुख लक्ष्य : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि

कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि

    नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर

मनमोहनका पालादेखि गाँउमा विकासको लहर आयो : अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको

मनमोहन अधिकारी ज्येष्ठ नागरिक जनताका मित्र : पूर्वराष्ट्रपति भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीलाई नेपालका