नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनमा



हाम्रो इकोनोमि

 

 

देशभरका ४० हजार विद्यालय कर्मचारी माथि सरकारले ध्यान नदिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनमा छ । परिषदले विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम गर्नु पर्ने माग राख्दै आएको छ । तर सरकारले उक्त माग सम्बोधन नगर्दा विद्यालय कर्मचारीहरु पटक पटक आन्दोलनमा उत्रन बाध्य छन् ।

परिषदले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी) को हालसम्म नेपाल सरकारबाट उचित तलबमान कायम नभई झिनो अनुदानमा मात्र काम गर्नु पर्ने बाध्यता रहेको प्रति आपत्ति जनाउदैँ गत साउन २२ देखि भाद्र २ गते सम्म काठमाण्डौँमा आन्दोलन समेत गरेको छ । कार्यक्रममा देशभरका विद्यालय कर्मचारीहरु सहभागी थिए ।

परिषदले साउन २२ गते शिक्षा तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र सहित जानकारी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ज्ञापन पत्र सहित जानकारी, ३१ गते पत्रकार सम्मेलन, भाद्र १ गते देशै भरका विद्यालय कर्मचारीहरुको उपस्थीतिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना र २ गते देखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनिश्चितकालिन धर्ना तथा कार्यालयमा तालाबन्दी कार्यक्रम गरिरहेका छन् ।

विद्यालयमा सरकारी तलवमा काम गरिरहेका कर्मचारी सरह आफूहरुले काम गर्दा पनि सरकारले हामिहरुलाई उपेक्षा गरिरहेको विद्यालय कर्मचारी परिषद नुवाकोटका अध्यक्ष झंकबहादुर सडौला (रामहरि) ले बताए । सरकारको विभेदकारी नीतिको विरुद्ध आफूहरु निरन्तर सङघर्ष गरिरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...