यो वर्षको क्यान इन्फोटेक मेला फरक र तीव्र प्रभावी बनाइने छ : नवराज कुँवर, अध्यक्ष, (क्यान महासंघ)



 

 

नेपालमा मेला र महोत्सवहरूको शुरूवात गर्ने सम्भववतः पहिलो संस्था कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म सूचना प्रविधि मेला (क्यान इन्फोटेक) आयोजना गर्दै छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिने इन्फोटेक लाखौँ मानिसले अवलोकन गर्ने महासंघका अध्यक्ष नवराज कुँवर बताउँछन् । विगतमा गरिँदै आएकोे ‘गेट टिकटिङ’को व्यवस्था हटाएर यो वर्ष प्रविधिको प्रयोगबाट टिकट खरीदको व्यवस्था गरिएको छ, जुन टिकट निःशुल्कजस्तै छ । त्यस कारण पनि यो मेलामा लाखौँ मानिसको सहभागिता रहने उनको दाबी छ ।

 

क्यान महासंघ सूचना प्रविधि मेला (क्यान इन्फोटेक) आयोजना गर्ने तयारीमा जुटेको छ । तयारी कहाँसम्म पुग्यो ?

मुख्यतः पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरूको प्रदर्शन गर्ने र आम मानिसहरूलाई जानकारी दिने थलोका रूपमा क्यान इन्फोटेकलाई लिइँदै आएको छ । पछिल्लो पटक कोरोना भाइरसको महामारीका कारण हामीले यो मेलालाई दुई पटक स्थगित गरेका थियौँ । अहिले हामीले आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना गर्नेगरी तयारीलाई तीव्र पारेका छौँ । यो क्यान इन्फोटेक २०२२ को तयारी हामीले करीब अन्तिम अन्तिम चरणमा पुर्याएका छौँ । प्रतिशतमा भन्ने हो भने ९० प्रतिशत भन्दा बढी तयारी हामीले गरिसकेका छौं ।

दुई–दुई पटक रोकिएर आयोजना हुन लागेको इन्फोटेक मेला विगतको भन्दा फरक हुन्छ कि पुरानैको निरन्तरता हो ?

स्वाभाविक रूपमा हामीले बुझेको विषय के हो भने सूचना प्रविधि के हो, यसलाई कसरी प्रयोग गर्ने र यसको महत्व के–कति छ भनेर कोभिड–१९ र यसले निम्त्याएको विभिन्न परिस्थितिहरूले हामीमध्ये धेरैलाई राम्रोसँग सिकाएको छ । कोभिड–१९ ले सबै क्षेत्र तहसनहस पारेको समयमा पनि सूचना प्रविधिको क्षेत्र बढेर गएको छ भन्ने पनि गरिएको छ । किनभने मान्छेको पहुँच सूचना प्रविधिसँग हुँदै थियो भने लकडाउनको बेला घरमा बस्दा समय बिताउन गाह्रो हुन्थ्यो । त्यसकारणले पनि पछिल्लो समयमा सूचना प्रविधिको विकास कसरी भएको छ भन्ने कुरा जान्नका लागि धेरै मानिसहरू उत्सुक हुनुहन्छ ।

र, इन्फोटेक कहिले हुन्छ, कहाँ र कसरी हुन्छजस्ता जिज्ञासाका इन्क्वाइरीहरू पनि हामीकहाँ आइरहेका हुन्छन् । सँगसँगै हाम्रो व्यापारी साथीहरूले नेपालमा भित्र्याएका नयाँ–नयाँ प्रविधिहरूबारे एउटै थलोबाट डिमोस्ट्रेशन गर्ने जुन उत्सुकता देखाउनुभएको छ त्यसले गर्दा विगतको तुलनामा यो मेला फरक र थप प्रभावकारी हुनेछ भन्ने विश्वास हामीले गरेका छौं ।

आसन्न इन्फोटेक मेलामा जाने अवलोकनकर्ताहरूले नयाँ सूचना र जानकारी के–के पाउँदैछन् त ?

यो प्रविधि हो, स्वाभाविक रूपले दिनप्रतिदिन अपडेटेड भइरहेको हुन्छ । हामीले जसरी मोबाइल चलाउँछौं अधिकांश मोबाइलको फिचरहरू परिवर्तन भएर आइरहेका हुन्छन् । आखिरमा नाम एउटै हुन्छ, तर त्यसमा समावेश फिचर वा विशेषता थपिदै गएको हुन्छ । त्यस कारण हामीले प्रयोग गरिरहेको सूचना प्रविधिका सामग्री र सफ्टवेरहरू परिस्कृत भएर आउने छन् । सँगै कतिपय प्रडक्टहरूका मोडलहरू पनि फरक भएर आउँछन् । मुख्यतः हामीले गरिरहेको कामलाई सूचना प्रविधिको माध्यमबाट थप सहज र सरल तरिकाबाट कसरी गर्न/गराउन सकिन्छ भन्ने विषयको जानकारी यो इन्फोटेकमा लिन, हेर्न र देख्न पाइने छ ।

 

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र १ करोड नगदसहित ७ जना पक्राउ

    उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई

डिडिसीले किसानलाई ४८ करोड भुक्तानी गर्‍यो

    दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

यसकारण मलाई गोदावरीमा निषेध गरियो : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी