यो बजेट होइन, बजेट भन्नै मिल्दैन : पूर्वअर्थमन्त्री पाण्डे



 

 

सरकारले अघिल्लो सरकारको बजेटका लोकप्रिय कार्यक्रम खारेज गरी प्रतिस्थापन बिद्येयक ल्याएको छ । यसलाई कसरी लिनुभएको छ ?

यसलाई बजेट भन्नु हुन्न । यो बजेट नै होइन । निधारमा लगाएको टीका र नाकको फुली परिवर्तन गरेर नयाँ मान्छे भन्ने हुन्छ र ? यसमा आएको विषय देखावटी कुरामात्रै हो । अहिले सरकारले प्रतिस्थापन विधेयकको रुपमा जे ल्याएको छ, त्यसका लागि यसलाई बजेट भनेर ल्याउनु पर्दैनथ्यो । मन्त्रिषरिद्‌ले निर्णय गरेर अर्थ मन्त्रालयबाट प्रेस विज्ञप्ति जारी गरिदिएको भए पनि हुन्थ्यो । यो यो परियोजनामा यति जति परिवर्तन गरेको छु भने पनि पुग्थ्यो । यसका ठूलो विषयमा परिवर्तन छँदै छैन ।

त्यसो भए अघिल्लो सरकारको काम रोक्न मात्रै हो त ?

त्यस्तै छ । सरकारले बजेट भन्दै बिरामीलाई पाँच हजार रुपैयाँ दिने, शिक्षकहरुलाई अस्पताल बनाउँछु भनेको छ । काठमाडौंमा १० स्थानमा खाना खुवाउने विषयलाई संसद्‌मा लैजानुपर्छ र १ त्यो सरकारले गर्नसक्थ्यो । यो आधारभूत रुपमा अस्तिको बजेट हो । खासै परिवर्तन गरेको छैन । केही कुरा थप्न खोजेको छ त्यो साह्रै नगन्य छ । यो गणनामा आउने प्रकृतिको छैन । त्यसैले ठूलो प्रतिक्रिया दिनुपर्ने आवश्यकता छैन ।

३७ अर्ब ऋण घटाएको छु भनेर अर्थमन्त्रीले घोषणा गर्नुभएको छ । तर बजेट निर्माण गर्ने समयमा ३५ प्रतिशत जति वैदेशिक सहायता र ऋण हुन्छ । बजेटको कार्यान्वयन हुने समयमा त्यो घटेर २० प्रतिशतभन्दा कम हुन्छ । गत वर्ष पनि जति हामीले अनुदान र ऋण लिन्छौं भनेका थियौं त्यो भन्दा निकै कम मात्रै लिएका छौं । अर्थमन्त्रीले धेरै राख्छन् तर कार्यान्वयन हुँदैन । आर्थिक वर्षको अन्त्यमा निकै कम खर्च हुन्छ । खर्च नहुने कुरालाई अलिकति घटाएर ल्याए, त्यो के ठूलो कुरा भयो र ?

अर्थमन्त्रीले ल्याएका अव्यवहारिक कार्यक्रमहरु अहिले हट्यो भन्ने हो ?

अव्यवहारिक पनि भन्दिनँ । तर अहिले ल्याएको बजेटमा त्यसमा परिवर्तन भएको छैन । हाम्रो बजेटका तीन वटा स्रोत हुन्छन् । राजस्व, आन्तरिक ऋण र सहायता तथा बाह्य ऋण पनि छ । अहिले सहयोगको रकम घट्दै गएको र ऋणको परिणाम धेरै बढेर गएको छ । सहयोग दिन्छु भनेर जति प्रतिबद्धता व्यक्त गरेका हुन्छन् त्यति आउँदैन । नेपालमा व्यवहारिक कार्यान्वयन नहुन्जेल त्यसले सोधभर्ना दिँदैन । खर्च नहुँदा रकम माग्ने कुरा नै भएन् । अहिले कोभिडको कारणले बजेटरी सपोर्ट पाइरहेका छौं । अहिले धेरै सहयोग त्यसरी आइरहेको छ । त्यसमा सम्झौता भएपछि पैसा आउँछ । काम गरौं कि नगरौं, ब्याज तिरिहाल्नु पर्छ । अर्को काम भएपछि मात्रै ब्याज तिर्ने हो ।

त्यसो भए सरकारले ल्याएको बजेट प्रचारका लागि मात्रै हो ?

यसबाट कति नै प्रचार पाउनु होला र ? एकदमै थोरै कार्यक्रम मात्रै हाल्नु भएको छ । यो विषय संसद्‌मा नल्याइकनै मन्त्रिपरिषद्बाट घोषणा गरिदिएको भए हुन्थ्यो ।

अहिले बजेट ल्याउँदा बिरोध भयो, तपाईं अर्थमन्त्री रहेको बेला बजेट ल्याउँदा पनि अवरोध भएको थियो । यो दुवै घटनालाई एकै भनिरहेका छन नि ?

यी दुई घटनालाई तुलना गर्नै मिल्दैन । त्यस समयमा बजेटमै उहाँहरुले अवरोध गर्नुभएको हो । एमालेले त सभामुखको भुमिका ठीक भएन भनेर अवरोध गरेको हो, बजेटको होइन । संसद्‌मा एमालेले निरन्तर विरोध गरिरहेको छ । त्यस समयमा सबैसँग सल्लाह गरेर देशविदेशमा सूचना दिएर आज बजेट आउँछ भनेको विषय थियो । पहिलो कुरा जानकारी पनि थिएन र यो बजेट पनि होइन । सामान्य हो । अर्थमन्त्री भए पछि सबैलाई मेरो कुरा हालिदिउन भन्ने लाग्छ । त्यस समयमा बजेटलाई अवरोध गरेको हो । अहिले होइन । त्यस समयम राजनीतिक सहमति भैसकेको थियो । अहिले अरु एजेन्डामा संसद्‌ अवरोध भएको समयमा आएको हो ।

प्रतिक्रिया दिनुहोस
यसकारण मलाई गोदावरीमा निषेध गरियो : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी

नगरपालिकाको मौनता : सूर्यविनायकको पाँखागाउमाँ डोजर आंतकको अग्रता

    सूर्यविनायक नगरपालिकाले अव्यवस्थित प्लानिङ अर्थात जग्गा सम्याउनका लागि जथाभावी रुपमा अनुमति

सुखी नेपाली, समृद्ध नेपाल नै हाम्रो प्रमुख लक्ष्य : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि

कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि

    नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर