तीन उपप्रधान र ४ मन्त्रीसहित सपथ ग्रहणका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा



हाम्रो इकोनोमि

प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा सानो मन्त्रिमण्डलसहित पद तथा गोपनियताको सपथ लिने भएका छन्।

कांग्रेका एक नेताका अनुसार आफूसँगै देउवाले पार्टी नेता गोपालमानसिंह श्रेष्ठलाई उपप्रधान तथा शिक्षा, ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ, फरमुल्लाह मन्सुर श्रम तथा रोजगार मन्त्रीमा नियुक्त गर्ने भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा सम्मानजनक स्थान नपाए नाम नदिने अडान लिएर बसेपछि सभापति देउवाले पौडेल पक्षबाट कुनै व्यक्तिको नाम आज समावेश गरेका छैनन्।

त्यसैगरी माओवादीबाट उपप्रधान तथा परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा, जनार्दन शर्मा गृह र प्रभु शाहलाई विनाविभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथ दिलाउने भएका छन्।

त्यसैगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान स्थानीय विकास मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...