५०० बिगाहामा लगाइएको केराखेती बाढीले नष्ट



हाम्रो इकोनोमि

राजविराज । एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ ।

सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो ।

बाढी खेतमा पसेपछि यहाँ लगाइएको केराका बोट नष्ट भएको छ । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केराका बोट सुक्न थालेको कृषक इन्द्रदेव लोगी बताउनुहुन्छ । एक बिगाहा जग्गामा केराखेती गर्न रु दुई लाखभन्दा बढी लागत लाग्छ । केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

यस्तै सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–२ कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । सो क्षेत्रमा करिब ४०० बिगाहामा केराखेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...