मेलम्ची खानेपानीको काम अन्तिम चरणमा



हाम्रो इकोनोमि

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, सुरुङमार्ग र पाइपलाइनको काम ९० प्रतिशत सकिएको  हो।

सुरुङमार्ग निर्माणमा समस्या नआए असोजभित्रै राजधानीबासीले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् । २७ वर्षको सपना पूरा गर्न आयोजनाले निर्माणको कामलाई तीब्र बनाएको छ ।

पानी प्रशोधन केन्द्रमा फिल्टर जडान गर्न मात्र वाँकी छ। फिल्टर जडान गर्न पानीनै आवश्यक हुने भएकोले रोकिएको हो।मेलम्चीको पानी प्रशोधन गरेर अर्को ट्यांकीमा पठाएपछि मात्रै वितरण गर्न मिल्छ ।सुन्दरीजलमै प्रशासनिक भवन निर्माण भइसकेको र भवन अगाडी कालोपत्रे गर्ने काम मात्रै बाँकी रहेको छ ।

भवन निर्माण ठेक्का पाएको कम्पनीका प्रतिनिधी रामकृष्ण अर्यालले भवन लगायतका सिभिल निर्माणको काम लगभग सकिएको बताएका छन् ।आयोजनाको २७ किलोमिटर सुरुङमध्ये २३.८किलोमिटर खनेर सकिएको छ । अब सुरुङ खन्न ३.२ किलोमिटर मात्रै बाँकी छ ।

गत महिना स्थानीय तह निर्वाचका कारण ४ सय ३० मिटर मात्रै सुरुङ खनिएको थियो । स्थानीय तह निर्वाचन, मजदुर दिवस र बिस्फोटक पदार्थको अभावका कारण करिब एक साता काम नहुँदा गत महिना लक्ष्य भन्दा आधा मात्र काम भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ खन्दा अहिले कमजोर चट्टानमा आइपुगेकोले केही समस्या भएको पन्तले बताए । अहिले पनि आयोजनामा चौथो र पाँचौ स्तरको चट्टान आईरहेको छ । जुन अति कमजोर चट्टान मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...