दुई विद्यालयका लागि एक लाख आर्थिक सहयोग



हाम्रो इकोनोमि

गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका लागि रु ५० हजार गरी रु एक लाख सहयोग गर्नुभएको हो ।

नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले उक्त सहयोग रकमले विद्यायललाई ठूलो सहयोग पुगेको बताउनुभयो ।

सहयोगीदाता केसीले आफू विदेशमा भए पनि आफ्नो गाउँ र ठाउँमा रहेका विद्यालयलाई आफ्नो कमाइको केही सहयोगले शैक्षिक विकासमा टेवा मिलोस् भनेर सहयोग गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...