२ वर्षभित्रमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल !



हाम्रो इकोनोमि

काठमाण्डौमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्ने जिम्मा पाएको साइमेक्स इंक नामको कम्पनीले मंगलबार आफ्नो रिपोर्ट काठमाण्डौ महानगरपालिकालाई बुुझाएको छ। रिपोर्टमा काठमाण्डौमा पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल संचालन संभव रहेको उल्लेख छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो कम्पनीलाई संभाव्यता अध्ययन गर्ने जिम्मा दिइएको थियो । कम्पनीको रिपोर्ट आफूले बुुझेको उल्लेख गर्दै उनले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल संचालन संभव रहेको देखिएको बताए । स्काई रेलको प्रस्तावित रुट तिलगंगाबाट सुरु भएर सिनामंगल हुँदै तीनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, शहीदगेट हुँदै त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म रहेको छ । कम्पनीले दोश्रो चरणमा स्काई रेलमार्गलाई किर्तिपुरसम्म बिस्तार गर्न सकिने समेत रिपोर्टमा प्रष्ट पारेको छ ।

साइमेक्स इंकका एक अधिकारीका अनुसार द्रूत गतिमा काम अगाडि बढाउने हो भने काम थालेको २ वर्षभित्रमा काठमाण्डौको प्रस्तावित रुटमा स्काई रेल कुदाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...