न्यायाधीश विदेश भ्रमणमा रहने भएपछी भरतपुर सुनुवाई ८ गतेलाई स¥यो



हाम्रो इकोनोमि

पटक-पटक पेशी तोकिएर स्थगित भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादका बीच परेको मुद्दाको अर्को सुनुवाई साउन ८ गते हुने भएको छ। सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश भण्डारी भोलिदेखि विदेश भ्रमणमा  जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ ।

असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...