अब मेलम्चीको पानी २०७६ बैशाखपछि मात्रै काठमाडौँ आउने



हाम्रो इकोनोमि

 

काठमाडौं–मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया अझै लम्बिने भएको छ । सुरुङ मार्गको फिनिसिङ्ग तथा ठेकेदार कम्पनीलाई रकम भुक्तानीमा भएकाे ढिलाई लगायतका कारण आयोजनाको काम लम्बिने देखिएको हो ।

 

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले आयोजनाको सम्पूर्ण प्राविधिक काम सक्न १ सय ३० दिन लाग्ने जानकारी दिए ।
सन् २०१९ को मार्च भित्र सबै प्राविधिक काम सक्ने उनको भनाइ छ ।उनले सुरुङ्ग मार्गको ढलानको काम अब २ किलोमीटर मात्र बाँकी रहेपनि अन्य प्राविधिक काम बाँकी रहेको जानकारी दिए ।

 

सुरुङ्गमार्गमा ३ वटा भेन्टिलेशन, ९ ठाउँमा हाड्रोमेकानिकल  र  इन्ट्युमेन्टल जडान लगायतका प्राविधिक काम बाँकी रहेको पनि उनले बताए ।

 

यस्तै निर्माण व्यवसायी कम्पनीलाई तत्काल ३६ करोड भुक्तानी नगरे काम रोक्ने चेतावनी दिएको कार्यकारी निर्देशक कडेलले बताए । यो विषयमा तत्काल निणर्य नभए काम रोकिने उनको भनाइ छ ।

 

विकास समितिको बैठकमा खानेपानी सचिव, मेलम्ची खानेपानी आयोजना प्रमुख उपस्थित भएपनि खानेपानी मन्त्री बिना मगर भने अनुपस्थित रहिन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...