निर्मलाको तस्बिर अंकित पोस्टर टाँस्ने १२ पक्राउ



हाम्रो इकोनोमि

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई माइतिघरबाट प्रहरीले पक्राउ परेको छ ।

सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ गरी सिंहदरबारस्थित प्रहरी वृत्तमा लगेको छ ।

निर्मला पन्तका हत्यारालाई कारबाही गर्न मागसहित टाँसिएका पोस्टर गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रहरीले हटाएको थियो। गृह मन्त्रालयले निर्मलाका पोस्टर तत्कालै हटाउन निर्देशन दिएपछि प्रहरीले पोस्टर हटाएको हो।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर निर्मलाको तस्बिरसहित टाँसिएको थियो । गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

 

न्यायका लागि धर्नामा बस्दै आएका निर्मलाका पिता यज्ञराज पन्तको मानसिक समस्या देखिए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...