विदुर नगरपालिकाको बजेट रु ५७ करोड



हाम्रो इकोनोमि

नुवाकोट । विदुर नगरपालिकाको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४–७५ का लागि रु ५७ करोड ८८ लाखको बजेट पारित गरेको छ ।

चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ रु २३ करोड ४५ लाख ७८ हजार बजेट पारित गरिएको छ । नगर उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

आन्तरिक आय रु एक करोड, सशर्त अनुदान रु १८ करोड ७१ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु २६ करोड २४ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान रु एक करोड, राजिष्ट्रेसन दस्तुर रु ८० लाख, सामाजिक सुरक्षा कार्यक्रम रु सात करोड ५० लाख, लगत सहभागिता रु एक करोडलगायतको बजेट नगरसभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...