शेयर बजार ः दोहोरो अङ्कले घट्यो



हाम्रो इकोनोमि

 

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ ।

आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ ।

कारोवार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ ।

बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बीमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...