एसइई १० चैतबाट : केन्द्रमा प्रश्नपत्र र प्रदेशमा उत्तरपुस्तिका तयार हुँदै



हाम्रो इकोनोमि

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् ।

 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।

 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताए । देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उनले बताए । गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताए ।

 

 

सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै
सातवटै प्रदेशले एसइईको उत्तरपुस्तिका छपाइका लागि सम्झौता गरेका छन् । उनीहरूले जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता गरी छपाइको प्रक्रिया अघि बढाएका हुन् । प्रदेशका कतिपय सामाजिक विकास मन्त्रालय र केही प्रदेशको क्षेत्रीय शिक्षा निर्देशनालयले सम्झौता गरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेश तिमिल्सिनाले बताए ।

 

उत्तरपुस्तिकाका लागि सातवटै प्रदेशले सम्झौता गरिसकेको उनले बताए । पुससम्म छपाइको काम हुने उनले बताए ।

 

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो ।

 

विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन र अन्य पाँच अत्यन्त गरीब परिवारका दलित छात्रछात्रा र अपाङ्गता भएका सहित जम्मा ४१ जनालाई स्व पौडेलका कान्छा छोरा सुवर्ण पौडेलले छात्रवृत्ति प्रदान गर्नुभएको प्रधानाध्यापक भरतप्रसाद यादवले जानकारी दिनुभयो । उत्कृष्ट छात्रछात्रालाई शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने उद्देश्यसाथ जनही रु ४०० नगद प्रदान गरिएको विद्यालयले जनाएको छ ।

 

विसं २०७४ कात्तिक ११ गते ९१ वर्षको उमेरमा निधन हुनुभएका स्व पौडेलको १३ दिनको पुण्यतिथिका दिन छोरा सुवर्णले विद्यालयमा रु एक लाख ५१ हजार जम्मा गरेर उत्कृष्ट र गरीब छात्रछात्राले त्यसको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराउन सो कोष खडा गर्नुभएको थियो ।

 

यसअघि उहाँले विद्यालय रहेकै डाँडाटोल बिजलपुरा बस्तीका बासिन्दा स्व पौडेलले विद्यालयलाई एक बिघा (२० कठ्ठा),स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखा भवन निर्माणका लागि पाँच कठ्ठा जमीन पनि उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...