तपाईंको यो साता (राशिफल, १२-१८ मंसिर ०७५) सम्म कस्तो छ पढ्नुहोस



हाम्रो इकोनोमि

 

मेष
मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । साताको अन्त्यबाट समाजसेवाका कामबाट लाभ हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ ।

 

कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरणगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

 

वृष
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । साताको अन्त्यमा लाभ र अवसरबाट वन्चित रहनु पर्ला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग घिउरङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

 

 

मिथुन
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । नोरञ्जनमा सहभागीता भइएला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

 

 

कर्कट
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आफन्त र साथीभाइबाट प्राप्त हुनेछ । साताको अन्त्यबाट कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

 

सिंह
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । आकस्मिक धन हानी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि नपाइएला । साताको पहिलोदिनबाट नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । शैक्षिकस्तरमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग हरियो वा सेतो हो ।

 

कुनै शुभकर्म गर्नु पूर्व वरुण भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यो सातामा नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यबाट कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ ।

 

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क ७,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग सेतो वा घ्यूरङ्ग हो । शुभकर्म गर्नु पूर्व नवग्रहहरूको स्मरणगरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

वृश्चिक
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बीचमा काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । साताको अन्त्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरणगरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

 

धनु
नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । राजनैतिक कार्यमा बाधा आउनेछ । खानपानमा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । साताको अन्त्यमा रमणीय र सुखद यात्राको योग छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग गाढा पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

 

मकर
यो सातामा समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ । लगनशीलताले नाम र दाम दिलाउन सक्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । चिताएको कामले तीव्रता लिनेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

 

कुम्भ
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

मीन
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साताको अन्त्यमा मिलनसार साथीले नै धोका दिन सक्नेछन् । यो साताका लागि शुभअङ्क ९ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्य विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

ज्यो. पं. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...