संविधान संशोधन नहुने पक्का पक्की भएपछी राप्रपाले पक्षमा भोट हाल्ने,पेलेरै भए पनि सरकारमा जाने?



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने जानकारी दिए ।
बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने,‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, छिट्टै सरकारमा सहभागी हुन्छ।’ उनले भने,‘सरकारमा जानेबारे सहमति भैसकेको छ, अब कसैलेपनि रोक्न सक्दैन्।’ जबराले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिए ।

जबराले पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेशको समस्या हल गरेर जानुपर्छ, अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ।’
उनले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने बताए । उनले थपे,‘सांसद गायब छैनन्, हामी सबै सांसदहरुलाई कन्भिन्स गर्छौं, उहाँहरुले प्रस्तावको पक्षमा नै मत हाल्नुहुन्छ।।’ तर संविधान संशोधन प्रस्ताब सरकारले अगाडी नबढाउने र राप्रपालाई तत्काल सरकारमा नलैजाने बिषयमा सत्ताधारी बीच सहमति भइसकेको छ।यता राणा भने जसरि पनि सरकारमा जाने बताईरहेका छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...