भारतले ३२ लाख दिएकाे सन्दीपलाइ पाकिस्थानले ७० लाखमा किन्याे



हाम्रो इकोनोमि

 

काठमाडौं: नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा आबद्ध भएका छन्। सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले भित्र्याएको हो।

 

उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो। योसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

 

सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट इन्डिजका कार्लोस बाथवेट, न्यूजिल्यान्डका कोरि एन्डर्सन छन्।

 

आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी,क्येवा ग्लाडिएर र द सिक्थ टिम रहेका छन्।

 

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी फ्रेन्चाइज लिगमा आवद्ध भएका छन्। सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भएपनि उनलाई कुनै पनि टिमले चासो देखाएको थिएन। सन्दीप हाल टी–१० लिग खेल्न यूएईमा छन्।

 

सन्दीपले खेल्ने आगामी लिग

टी-१० (यूएई) – नोभेम्बर २१ देखि डेसेम्बर २ सम्म – ३० हजार डलर ,

इपिएल (नेपाल) – डिसेम्बर ८ देखि २२ सम्म – (कम्तिमा १ लाख ७५ हजार रुपैयाँ),

पाकिस्तान सुपर लिग (पिएसएल)- १४ फेब्रुअरीदेखि १७ मार्च (५० हजार डलर),

बिबिएल (अस्ट्रेलिया) – डिसेम्बर १९ देखि फ्रेब्रुअरी ४ सम्म – ६० हजार डलर ,

बिपिएल (बंगलादेश)– अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर ,

आइपिएल (भारत)– २३ मार्चदेखि अप्रिलसम्म (तय हुन बाँकी) – कम्तिमा ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...