यसरी भयो काभ्रेमा रहस्यमय घटना, कलेज जान्छु भनेर हिडेकी युवती मृत फेला



हाम्रो इकोनोमि

 

काभ्रेमा कलेज जान्छु भनेर घरबाट निस्केकी एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको पनौती नगरपालिका वडा न.५ बस्ने २१ बर्षीय सुधा केसी घर नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनी काभ्रे क्याम्पस बिए दोस्रो बर्षमा अध्यानरत थिइन् ।

 

कसरी भयो घटना ?

मृतक सुधा केसी र उनकी आमा र सानिमा संगै सुतेकी थिइन् । आमा र सानिमा एउटा पलंगमा र सुधा अर्को पलंगमा एकै कोठमा सुतेका थिए । बिहान ५ बजे सुधा कलेज जना भनेर उठिन । आज एकादशीको दिन किन कलेज जानु भनेरआमा र सानिमाले कलेज नगई जाडोमा अझै एकछिन् सुत्न आग्रह गरे ।

 

उनले त्यो मानिनन । बाहिर निस्की । मुख धुन , दात माझन वा कलेज नै गएको होला भन्ने सोचेर आमा र सानिमाले पनि चासो दिएनन् । अलि उज्यालो भएपछि एक जना केटि झुण्डिएको खबर फैलियो । गएर हेर्दा कलेज जान भनेर हिडेकी सुधा मृत अवस्थामा थिइन् । घटना स्थल पुग्दा उनी भित्रि बश्त्र (ब्रा र पेन्टी)मा मात्र थिइन् ।

 

उनले लगाएको ज्याकेट, टि शर्ट, समिज , जिन्सको पेन्ट , ट्राउजर र चप्पल त्यहि रुख नजिकै फेला परेको छ । उनले लगाएको ड्रेसअपमा सलको आवश्यकता पर्दैन । उनले प्रयोग गरेको सल उनको घर कै हो । घर बाट नै आत्महत्या गर्ने उदेश्यले सल लिएको आएको देखिन्छ । अहिले शवलाई पोस्टमार्टमको लागि शिर मेमोरियल अस्पताल लागिएको छ ।

 

उनका २ दाजुहरु छन् । कान्छो दाइ बिदेशमा रहेछन भने जेठो काठमाडौँमा रहेछन । उनको बुबाले २ विवाह गरी काठमाडौँ बसेको खुलेको छ । हामीले अहिले नै आत्माहत्या भनेर घोषणा गरेका छैनौ । तर अरु कसैले आएर सडकको छेउ मै युवतीको ति टाइट कपडा खोलेर हत्या गरेको जस्तो भने देखिदैन । त्यसमाथि घर कै सल प्रयोग भएको छ ।

 

परिवारले बताए अनुसार उनी धेरै नबोल्नी, आफै सुरमा चल्ने, भनेको कुरा पुरा हुनु पर्छ भन्ने स्वभावको थिइन् । घटनाको थप अनुसन्धान भईरहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरीसंगको कुराकानीमा आधारित ।

 

एकादशी मेलामा दुई समुह बिच झडप १ चारवटा बोलेरो र ६ वटा मोटरसाइकल तोडफोड , ‘ग्याङफाइट’ छुट्याउन गएका प्रहरीसमेत घाइते

एकादशी मेला भर्न गएका दुई समूहबीच ग्याङफाइट’ भएको छ ।धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा आइतबार राति १ बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयबीच झडप भएको हो । झडपमा चारवटा बोलेरो र ६ वटा मोटरसाइकल तोडफोड भएको छ ।

 

‘ग्याङफाइट’ छुट्याउन गएका प्रहरीसमेत घाइते भएका छन् ।धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोका असई विनयकुमार पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार गोरखातर्फको दुईवटा बोलेरो र चारवटा मोटरसाइकल र धादिङतर्फको दुईवटा बोलेरो र दुई वटा मोटरसाइकलमा तोडफोड भएको हो ।

 

एउटा सन्तान गुमाउदाको पीडा आमालाई कति हु्न्छ , सम्हालिन्न आमाको मन ….मन रुवाउने तस्विर हेर्नुहोस !

काठमाडौं । सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ ।

एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंगि्रन सकेकी छैनन् भन्ने सोमवार प्रष्टै देखियो ।

 

तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् ।

 

सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् ।

 

न जग्गे न कुनै तामझाम, गणेशले यसरि गरेर देखाए नमुना विवाह

बिवाह भन्नेसाथ बाँजागाजा,जन्ती डोली, उपहार आदान प्रदान,दाईजो तिलक, सजिसजावट जज्ञ र ठुलै भोजभत्तेरको परिकल्पना गर्छाै हामी । नेपालमा हिन्दु धर्मालम्विले परम्परा देखी चलाउदै आएको बिवाह पद्धतिको कुरा हो यो ।

 

तर ंआइबार मात्रै बर्दिवास नगरपालिका वडा नं ३ का निर्वाचित वडा सदस्य गणेश बस्नेतले एक नमुना बिवाह गरे ।सजिसजावट जज्ञको सट्टा मंच बनाएर एक औपचारिक कार्यक्रमको आयोजना गरी बस्नेतले धनुषाको मिथिला नगरपालिकाकी कुशुम कार्किासँग विना कुनै तामझाम माला र खादा लगायरैे बैवाहिक कार्यक्रम सम्पन्न गरेका छन् ।

 

लामो समयदेखि समाजसेवामा क्रियाशिल बस्नेतले आफ्नै नेतृत्वमा निर्माण भएको कालापानि वनभोज स्थलमा बैवाहिक कार्यक्रम सम्पन्न गरेका हुन् ।बिवाहमा न जज्ञ थियो न त पण्डि तनै, बर बधुले एकअर्कालाई माला लगाईदिए पछि बेहुलीका आमाबुबा लगायत आफन्तले गोडा धोएर पानि खाने प्रचलनको पनि अन्त्य गर्दै दुलाहा र दुलहिका आमाबुबा र सबै अतिथिले दुलाहा, दुलहिलाई खाँदा ओढाएर बैवाहिक जीवनको शुभकामना दिए ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको बैवाहिक कार्यक्रम दुलाह र दुलहिले एकअर्कालाइ माला र खाँदा लगाईदिए पछि बिवाह सकिएको उद्घोषकले घोषणा गरेका थिए ।

 

दुलाह दुलहिलाई बधाई तथा शुभकामना दिदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले भने’ हाम्रा धेरै संस्कृतीहरु समय सगैँ परिवर्तन गर्दै लैजानपर्ने खालका छन् । संस्कृतिको नाममा बढ्दै गएको दाईजो प्रथालाई निर्मुल पार्न यो बिवाहले राम्रो शन्देस दिन्छ उनले भने’कतिपय संस्कृतीले छोरीहरुलाई पछाडि पारिरहेको छ, यो बिवाह नयाँ पुस्ताका लागी पे्ररणादायी बन्नुपर्छ ।

 

बैवाहिक कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा महोत्तरी क्षेत्र १ ख का सांसद भरत साह, क कि सांसद सारदा थापा, नेकपाका नेता राजु खड्का, बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कि,उपमेयर कृषण्माया गौतम, वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी, व्यापारी, पत्रकार र स्थानिय गरी भण्डै १५ सय जनाको उपस्थिती थियो ।कार्यक्रममा बोल्ले सबै बक्ताहरुले प्रगतिशिल बिविाहको प्रशंसा गर्दै बर बधुलाई शुभकामना दिएका थिए । नयाँ पुस्ताका लागी यो कार्य प्रेरणादायी बन्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...