नुवाकोटमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३० जना घाइते



हाम्रो इकोनोमि

 

वाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । करीब ३० जना घाइते भएका छन् ।

नुवाकोटकै खरानीटारबाट काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

 

 

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै २ जनाकाे मृत्यु भएकाे र ३० भन्दा बढी घाइते भएकाे जानकारी दिए । लामाले दिएकाे जानकारी अनुसार, १ महिलाको घटनास्थलमै ज्यान गए पनि सनाखत हुन सकेको छैन ।

 

सई थापाले उद्धार कार्य जारी रहेकाले हताहतीबारे यकिन गरेर भन्न नसकिने बताए । ‘अहिले घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाइरहेका छौं । हताहतीको यकिन विवरण अझै आइसकेको छैन’, थापाले भने ।

 

बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...