बस दुर्घटनामा पाँचजना घाइते



हाम्रो इकोनोमि

बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको उहाँले बताउनुभयो ।

उग्रतारा यातायातको बा ३ ख ५१७५ नंको बस सुर्नया–३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...