हेर्नुहोस्, मन्त्रिपरिषद बैठकमा के–के निर्णयहरू भए त ?



हाम्रो इकोनोमि

काठमाण्डौं । बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले न्यायपरिषदका सचिव नकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपाल र अष्ट्रेलिया सरकारबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव शंकरदास बैरागीलाई दिने निर्णय पनि गरेको हो।

नेपाल र अष्ट्रेलिया सरकारबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव वैरागीलाई दिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले चीन सरकारसँग उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्ने अख्तियारी उद्योग सचिव शंकरप्रसाद कोइरालालाई दिएको छ । नेपालको उत्पादनलाई चीनको बजारमा सहज पहुँच पुर्‍याउने गरी नेपाल र चीनबीच उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्न लागिएको हो । समझदारीमा चीनले नेपालको उद्योग क्षेत्रको विकासमा आवश्यक लगानी र प्रविधि भित्रयाउने प्रतिवद्धता पनि व्यक्त गरिएको उद्योग मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...