तिलोत्तमा नगरपालिकामा एमालेको विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत पाउनुभयो ।

जनमुक्ति र काँग्रेसको गठबन्धन भएको तिलोत्तमामा प्रमुख र उपप्रमुखसहित बहुमत वडामा एमालेले विजय हासिल गरेको हो । उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरी १९ हजार २२४ मतसहित विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी जनमुक्तिकी गीता सारुले १६ हजार छ मत प्राप्त गर्नुभयो । यो नगरमा जनमुक्तिले रुख चिह्नबाटै चुनाव लडेको थियो ।

सत्र वटा वडा रहेको तिलोत्तमामा वडा नं ९, १०, १६ र १७ काँग्रेस गठबन्धनले जितेको छ भने अरु १३ वटा एमालेको प्यानल विजयी भएको छ । तिलोत्तमा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको चुनाव क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...