मुग्लिन सडक सञ्चालनमा



हाम्रो इकोनोमि

रत्ननगर (चितवन) । पहिराले अवरुद्ध मुग्लिन सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

पहिराका कारण रोकिएका सवारी अहिले गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ९ बजे खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो ।

उक्त सडकमा चितवन हुँदै काठमाण्डौं र पोखरा जाने आउने सवारी बढी हिँड्छन् । यहाँ दैनिक १० हजार बढी सवारी गुड्ने गर्छन् । असार महिना लागेपछि यहाँ हरेक दिनजसो पहिरो खसेर यात्रु सास्तीमा पर्दैआएका छन् । दुई दिनअघि यहाँको कालीखोलामा खसेको पहिराका कारण ३४ घन्टासम्म सवारी चापमा परेको थियो ।

पहिरामा परेर असार महिनामा मात्रै दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका छन् भने एक प्रहरी अझै बेपत्ता छन् । यसअघि गत चैतमा उक्त सडकको घुमाउनेमा पहिरो जाँदा दुई जनाको च्यापिएर मृत्यु भएको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त मुग्लिन सडक जोखिममा रहेकाले चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...