माई जोगमाईमा एमाले विजयी



हाम्रो इकोनोमि

इलाम । माई जोगमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका जीतबहादुर राईले पाँच हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बाछिरी शेर्पाले तीन हजार ९३६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराईले पाँच हजार २९५ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसक लोकमाया थेवेले तीन हजार ९४२ मत प्राप्त गर्नुभयो ।

चौध हजार ८०५ मतदाता रहेको यो गाउँपालिकामा १० हजार ९३५ मत खसेको थियो । छ वटा वडा रहेको माई जोगमाईका दुई वडामा काँग्रेसका उम्मेदवार र अन्य वडामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...