२४ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र



हाम्रो इकोनोमि

चितवन । २४ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट चितवन तर्फ आउन लागेका करिब ४ हजार सवारी साधन र तिनका यात्रुहरु सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...