भोजपुर नगरपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ ।

गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याउनुभएको छ ।

अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी हुनुभएको छ । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी हुनुभएको छ ।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी हुनुभएको छ । आमचोक गाउँपालिकामा भने नेकपा(माओवादी केन्द्र)का अशोक राई र उपप्रमुखमा सीता राई विजयी हुनुभएको छ । अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...