महाकाली नगरपालिका– १ मा काँग्रेस विजयी



हाम्रो इकोनोमि

दार्चुला । महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ ।

महाकाली– १ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गर्नुभयो । महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी हुनुभयो । सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगर प्रमुखमा काँग्रेसका हंशराज भट्टले ५८८ मत, नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन् । अहिले महकाली– २ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...