मतदान गर्न एउटै लाइनमा बसेका दुई महिलाले घोर्ले छोरा जन्माए



हाम्रो इकोनोमि

 काठमाडौँ / मतदानमा यसघि मरेका र मारिन खोजिएका समाचार मात्र आए तर सुखद समाचार पनि छन् । मतदानको लागि एउटै लाइनमा रहेका दुई महिलाले बच्चा जन्माएका छन् । अछामको रामारोशन गाउँपालिका–४ को बाटुलासैनस्थित जाताको नन्दकाली आधारभूत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुवै महिलाले छोरा जन्माएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् ।

बुधबार बिहान ९ बजेतिर भोट हाल्नका लागि लाइनमा लागेकै बेला उनीहरुलाई सुत्केरी व्यथा लागेको थियो । व्यथा लागेपछि स्कुलकै छेउमा उनीहरुलाई सुत्केरी गराइएको हो । सुत्केरी भएको एक घण्टापछि मतदान गरेर उनीहरु घर फर्किएका मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिए । बच्चा जन्माएका दुबै महिला र शिशु स्वस्थ रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...