मापसे कारबाहीबाट उठ्यो, सत्र लाख राजस्व



हाम्रो इकोनोमि

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरी रु १७ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले २०७३ साउन १ गतेदेखि २०७४ जेठ मसान्तसम्ममा मापसे गरी सवारी साधन चलाउने एक हजार ७२५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवधिमा पाँचवटा ट्रक तथा ट्याङ्कर, १९ बस, १५७ कार जिप, १६ ट्याक्टर र एक हजार ५२८ वटा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो । मापसे गरेको सवारी चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पारिनुका साथै मापसे कक्षासहित रु एक हजार जरिवाना गरिन्छ । लगातार पाँच पटकसम्म मापसे गरी सवारी साधन चलाएको फेला परे चालक अनुमतिपत्र खारेजीका लागि प्रक्रिया अघि बढाइन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...