झडपपछि तिन स्थानको मतदान स्थगित



हाम्रो इकोनोमि

धनगढी । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ ।

झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगित गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताउनुभयो । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन ।

यसैगरी अछामको बैजनाथ गाउँपालिकाको मतदानका क्रममा पनि दुई पक्षबीच भएको झडपपछि उक्त मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । नेपाली काँग्रेस र नेकपा९एमाले०का कार्यकर्ताबीच त्यहाँ झडप भएको बताइएको छ ।

अछामकै मेल्लेख गाउँपालिकाको नन्देश्वरी मालिगाड मतदान केन्द्रमा पनि झडप भएको छ । मतदानस्थल बाहिर एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...