कपिलवस्तुमा शक्तिशाली बम विस्फोट, दर्जन घाइते



हाम्रो इकोनोमि

काठमाडौँ / कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिकाको गजेहाडामा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराइरहेको बेला बम विस्फोट हुँदा ६ जना व्यक्ति घाइते भएका छन्।

कपिलवस्तुबाट कांग्रेस सांसद अतहर कमाल मुसलमानले दिएको प्रारम्भिक जानकारी अनुसार बाडगंगा गाउँपालिकामा मनोनयन दर्ता भइरहेको बेलामा अज्ञात समूहले साइकलमा छाडेर गएको बम विस्फोट भएकाे हाे।

उक्त घटनामा ४ जना शिकिस्त र २ जना सामान्य घाइते भएका जानकारी आफूले पाएको कपिलवस्तु महाराज गणका एक प्रहरी अधिकृतले बताए।

उक्त गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भए अनुसार अध्यक्षमा कांग्रेसका मंगलप्रसाद थारु र उपाध्यक्षमा माओवादीका उम्मेदवारले मनोनयन दर्ता गर्दै थिए।

भारतको सिमा नजिक पर्ने उक्त स्थानमा भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...