कृषकलाई अन्न भकारी वितरण गरिँदै



हाम्रो इकोनोमि

कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ ।

कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो ।

कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका साबिकका गाविस सुन्सेरा, धौलाकोट, धारी, धाप, दत्तु, हुनैनाथ, डाडाकोट, लटिनाथ, गुल्जर र घुषाका कृषकलाई ५० प्रतिशत अनुदानमा अन्न भकारी वितरण भइरहेको उहाँको भनाइ छ ।

कैलालीको धनगढीबाट आयातीत गरिएका २०० अन्न भकारी कृषकलाई वितरण गरिने निमित्त प्रमुख जोशीको भनाइ छ । एक कृषि समूहका २५ जनाका दरले प्रत्येक कृषि समूहका कृषकलाई अन्न भकारी वितरण गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

धातुबाट निर्माण गरिएको उक्त मेटल सिडबिन अर्थात् धातु भकारीमा बीउ राख्दा लामो समयसम्म केही नहुने, घुन, पुतली र मुसाबाट सजिलै बचाउन सकिने उहाँले बताउनुभयो । आफ्ना मागका आधारमा अन्न भकारी उपलब्ध गराएको भन्दै कृषक उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...