फेसबुकको व्यक्तिगत सुचनालाई उच्च प्राथमिक्ता दिने घोषणले २३ अर्ब डलर गुम्ने



हाम्रो इकोनोमि

फेसबुक सामाजिक सञ्जालमा पूर्ण आधिपत्य जमाउन सफल ब्राण्डको नामले स्थायित्व पाईसकेको छ । कम्पनीले पहिलोपटक फेसबुक सञ्जालमा व्यक्तिगत सुचनालाई उच्च प्राथमिक्ता दिई व्यवसायिक सुचनालाई घटाउंदै जाने घोषण गरेपछि कम्पनीको शेयर मुल्यमा करीब २३ अर्ब अमेरीकी डलर क्षती भएको अमेरीकी वित्त क्षेत्रका जानकारहरुले प्रस्ट पारेका छन् ।

अमेरीकी प्रख्यात पत्रिका “दि सन” दैनिकका अनुुसार फेसबुकका मालिक मार्क जुकरवर्कले व्यवसायिक सुचनाका अपडेटलाई हटाउंदै व्यक्तिगत सुचनालाई प्राथमिक्ता दिईने कम्पनीको आधिकारीक धारणा बजारमा आए लगतै एकै दिन शेयर मुल्यमा ४ प्रतिशत सम्म गिरावट आएको जनाएको छ । जुकरवर्कको यस निर्णयले अबका तीन महिनामा कमपनीले करीव ३.३ बिलियन अमेरीकी डलरको आम्दानी गुमाउन सक्ने छ , भने फेसबुकको वित्तिय व्यवस्थापनमा समेत खतराको घण्टी बज्ने आकंलन गरीएको छ । उता कम्पनीको आधिकारीक विज्ञप्ति अनुसार फेसबुक व्यवसायीक कम्पनीको विज्ञापनगर्ने थलो नभई इष्ट–मित्र र आफन्तजनलाई नजिक्याउने सहज माध्यम हुनाले वाध्यभई यस्तो निर्णय लिईएको जनाईएको छ ।

फेसबुकमा व्यवसायिक बिज्ञापन अत्याधिक भएको गुनासो प्रयोगकर्ताहरुले गरेपछि यो रणनीती अपनाईएको उल्लेख गरीएको छ । यसै बीच मार्क जुकरवर्कका अनुसार फेसबुक प्रयोगकर्ताहरुको दैनिक घटनाक्रमलाई विशेष प्राथमिक्तामा राख्ने कम्पनीको यस्तो फैसलाले शुरुवातमा कम्पनीलाई केहि आर्थिक घाटा व्यहर्नुपर्ने देखिए पनि दिर्घकालमा कम्पनीको उद्देशयमा सफलभई शेयर मुल्य उच्चहुंदै जाने बताईएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...