राजपाका नेता नियन्त्रणमा,आक्रामक बन्यो प्रहरी



हाम्रो इकोनोमि

काठमाडौं । चुनाब बिथोल्न सारा शक्ती लगाएको राजपाको अराजकता माथी राज्यले नजर लगाउन थालेको छ। सधैंभरी राज्यलाई घुर्क्याउँदै आएको राष्ट्रिय जनता पार्टी विरुद्ध प्रहरी प्रशासन आक्रामक बन्न थालेको । केन्द्रीय तहको निर्देशन मानेको भन्दै निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सुनसरी प्रहरीले शुक्रबार राजपाका सुनसरी संयोजक सहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद घिमिरेले दिएको जानकारी अनुसार प्रहरीले शुक्रबार दिउँसो साविकको इनरुवा ७ तथा अहिलेको इनरुवा नगरपालिका वडा नं २ बाट सुनसरीका राजमा संयोजक डा. सीएन पाठक सहित ११ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुमाथि थप छानविन गरेर के विषयमा मुद्दा चलाईने भन्ने विषयमा टुंगोमा पुगिने डिएसपी घिमिरेले जानकारी दिए । बिराटनगरमा पनि प्रहरीले निगरानी गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...