लुम्बिनी विकास बैंकको हकप्रद आजदेखि बिक्रि



हाम्रो इकोनोमि

लुम्बिनी विकास बैंकले आज माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १० को अनुपातमा १० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकले २० करोड ८ लाख बराबरको २० लाख ८ हजार ८ सय ७८ दशमलव २७ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गते सम्म कायम शेयर धनीले मात्र हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले फागुन १६ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय कमलादी, भिबोर क्यापिटलको कार्यालय कृष्ण गल्ली ललितपुर, लुम्बिनी विकास बैंकका शाखाहरु र सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन सक्ने छन् ।

हाल बैंकको चुक्ता पुंजी २ अर्ब १ करोड रहेकोमा १० प्रतिशत हकप्रद निष्काशनपछि बैंक को चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...