अब ५५ वर्षमै वृद्धभत्ता, राजनीतिक फाइदाका लागि यसरी रित्याउँदैछ देउवा सरकारले सरकारी ढुकुटी



हाम्रो इकोनोमि

सरकारको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउनेछन्। पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई ५५ वर्षदेखि नै वृद्धभत्ता दिनुपर्नेछ।

सरकारले यसअघि कर्णालीका सबै समुदायका नागरिक र देशभरका दलित समुदाय तथा एकल महिलालाई ६० वर्षमा भत्ता वितरण गर्दै आएको थियो। सरकारले वृद्धभत्ता पाउने उमेर पाँच वर्ष घटाएकाले कर्णाली र दलित समुदायको वृद्धभत्ता पाउने उमेर पनि पाँच वर्ष घट्ने विभागले जनाएको छ।

त्यस्तो स्थितिमा कर्णालीका सबै समुदाय, एकल महिला र देशभरका दलित समुदायका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउने स्थिति बनेको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले बताए।

मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार खर्च गरी दुई हजार दिँदै आएको थियो ।

यस्तै भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि थप १ लाख दिने निर्णय बुधबार नै भएको छ। भूकम्प पीडितलाई अनुदान बढाउँदा थप १ खर्ब दायित्व बढ्नेछ। ‘भारतलगायतका अन्य देशले दिने भनेको पैसा दिएका छैनन्, हाम्रो ढुकुटी पनि रित्तो भइसक्यो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...