आँखा बैंक स्थापनामा बेलायतबाट सहयोग जुट्दै



हाम्रो इकोनोमि

बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् ।

सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि उनीहरुले सहयोग गरेका छन् ।

ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका लागि १० हजार पाउण्ड अर्थात करिब १४ लाख नेपाली रुपैँंया सहयोग गर्ने योजना रहेको छ ।

हालसम्म रु ११ लाख ४२ हजार ७१० संकलन भइसकेको छ । सो रकम संघलाई हस्तान्तरण गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । संघका कार्यबहाक अध्यक्ष कृष्णराज धरेललाई ट्रष्टका संस्थापक अध्यक्ष श्रेष्ठले हालसम्म संकलित रकम हस्तान्तरण गरिसक्नुभएको छ ।

अध्यक्ष धरेलले भन्नुभयो, “यो सामाजिक र मानवीय कार्यमा बेलायतमा रहेका नेपालीले देखाएको सहयोग सबै नेपालीका लागि महत्वपूर्ण बन्ने छ ।” ट्रष्टले आँखा बैंक नियमित सञ्चालनका लागि आवश्यक सहयोग गर्ने सोच पनि बनाएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

ट्रष्टको अगुवाई भए पनि बेलायतमा नेपालका अन्य जिल्लाबाट गएका नेपालीले पनि सहयोग गरेका छन् । ट्रष्टले स्थापनाको केही वर्ष रेडक्रससँग सहकार्य गरेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउने बेसाहारा बिरामीका लागि रगत र पानी सहयोग पु¥याएको थियो ।

ट्रष्टले माडीमा एम्बुलेन्स प्रदान गरेको छ । भूकम्पपछि साविक कबिलास–९ को राप्राबि ढोडेनीमा रु २३ लाख खर्च गरेर पक्की विद्यालय भवन निर्माण गरेको श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी दाहाखानीको गर्दासको माध्यमिक विद्यालयमा भूकम्पले क्षति बनाएको भवन रु १७ लाख खर्च गरेर पुनःनिर्माण गरेको थियो ।

ट्रष्टले नै बाढीका कारण प्रभावित क्षेत्रमा रु ६ लाखभन्दा बढी सहयोग गरेको छ । बेलायतमा रहेका मुख्यरुपमा चितवनवासी र आसपासमा रहेका नेपालीबाट सानो ठूलो रकम संकलन गरी नेपालमा सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...