राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार तय गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै



हाम्रो इकोनोमि

आशन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार टुंगो लगाउन सत्तारुढ नेपाली कांग्रेसले आज (मंगलबार) पनि आन्तरिक छलफल गर्ने भएको छ ।

उमेदवारको टुंगो लगाउन कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार टुंगो लगाउन बिहान ११ वजे बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी दिए ।

यसअघि सोमबार बसेको बैठकले ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका चार जना उमेदवारहरुको टुंगो लगाएको थियो । कांग्रेसले ७ नम्बर प्रदेशबाट खुलातर्फ बद्रीप्रसाद पाण्डेय, महिलातर्फ तारादेवी भट्ट, दलिततर्फ शेरीराम पार्की र अपाङ्गता तर्फ छत्रराज जोशीलाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गतेभित्रै उमेदवारी टुंगो लगाइसक्नु पर्ने कार्य तालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...