भारतको सिलगुढीबाट लुकेर सिलवालले देउवालाई दिए यस्तो चुनौती !



हाम्रो इकोनोमि

सरकारी कागजपत्र कीर्ते मुद्दामा फरार रहेका एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल सामाजिक सञ्जालमा भने सक्रिय छन्। शुक्रबार बिहान ट्विट गर्दै उनले आफूलाई राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत दुरुपयोग गरेको भन्दै त्यसको डटेर सामना गर्ने बताएका छन्।

शुक्रबार बिहान उनले ट्विट गरेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ, समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैन, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’

स्रोतका अनुसार सिलवाल दुई साता अघिदेखि नै देशबाहिर छन्। केही दिन अघिसम्म उनी सिलगुढीमा थिए। आफूलाई पक्राउको तयारी भइरहेको सूचना पाएलगत्तै उनी भारत भागेका थिए।

आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा सिलवालले सर्वाेच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन (कासमू) कागजपत्रमा कीर्ते भएको फैसला गर्दै अनुसन्धान गर्न भनेको छ। सोही फैसलाका आधारमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिसकेको छ। सिलवाललाई पक्राउ गर्न सबै जिल्लामा प्रहरी प्रधान कार्यालयले परिपत्र पनि गरिसकेको छ।

सिलवालले यो सरकारले आफूलाई फसाउन लागेको आरोप लगाउँदै आएका छन्। तर, फरार भएर अनुसन्धानमा असहयोग गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...