हेटौँडा सिमेन्टको भाउ बोरामा १०३ रुपैयाँले बढ्यो



हाम्रो इकोनोमि

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएको छ। कम्पनीले प्रति बोरा १०० रुपैयाँभन्दा केही बढी मूल्य वृद्धि गरेको हो। उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो।

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो। अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा ९१२ बिक्री मूल्य पुगेको छ। उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ मा बिक्री गर्दै आएको थियो। उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ।

प्रतिबोरा १० रुपैयाँ कमिशन दिँदै आएकामा अब १५ पुर्याएको छ। मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ। ९४० रुपैयाँमा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन्।

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...