गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङमा गाडीभित्र जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो ।

चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जेएच ०१एन ८६११ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा हुटमुनि फल्सबटम बनाई पत्रिका र प्लास्टिकले बेरी टेपले बाँधेर बण्डल बनाएर राखिएका डेढ किलोदेखि सवा तीन किलोसम्म तौल भएको ३३ बण्डल गाँजा फेला पारेको थियो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडी बरामद गर्नुका साथै त्यस कार्यमा संलग्न भारत मोतीहारी जिल्ला गोपीगञ्जका २४ वर्षीय नरेशकुमार प्रसाद र सोही ठाउँका १९ वर्षीय निकेशकुमारलाई नियनत्रणमा लिइएको छ । गाँजा ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता चितवन प्रहरीले चितवनको पहाडी क्षेत्रमा यो महिनामा गरेको खोजी अभियानमा १५ बिगाहामा लगाइएको गाँजा खेती फाँडेर नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...