ओनसरी लाई साक्षी राखेर महन्थ फकाउन सुरु



हाम्रो इकोनोमि

काठमाडौं /असन्तुष्ट मधेसी दल राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने उद्देश्यले डाकिएको प्रमुख चार दल र राजपा शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

सभामुख ओनसरी घर्तिमगरको सिंहदरबारस्थित कार्यकक्षमा केहीबेर अघि शुरु भएको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुसँग वार्ता सुरु गरेका हुन्।

आफूहरुले उठाउदै आएको संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका मागहरु सम्बोधन नगरी असार १४ गतेको स्थानीय तह निर्वाचन हुन नसक्ने भन्दै आन्दोलनमा होमिएको राजपालाई फकाएर सहमतिको प्रयास गर्न चार दलका शीर्ष नेताहरुले आजको बैठक तय गरेका थिए।

जनकपुर जाने तयारीमा रहेका राजपा अध्यक्ष महन्थ ठाकुर लाइ अनुरोध गरेर बैठकमा बोलाईएको हो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...