दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा



हाम्रो इकोनोमि

काठमाडौं ।दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुले कुनै पनि हालतमा असार १४ को चुनाब सारेर राजपा समेतको सहभागितामा चुनाब गराउनु पर्ने अड्डी लिएका छन्।नेता बिमलेन्द्र निधीको सक्रियतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तत्काल राजपालाई सहमतिमा ल्याएर निर्वाचन गराउन आग्रह गरेका हुन् ।

असार १४ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा टिकट वितरणबारे छलफल भइरहेको समयमा पार्टी मुख्यालय सानेपामा पुगेका तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता तथा सांसदहरुले यथास्थितीमा निर्वाचन गराउन कठिन भएको जानकारी प्रधानमन्त्री देउवा र दलका अन्य नेतालाई दिएका थिए।
एकैचरणमा हुने भनिएको निर्वाचन दुई चरणमा हुन सक्छ भने अझै पनि असहज परिस्थितीमा असन्तुष्ट पक्षलाई मिलाएर सहज वातावरणमा निर्वाचन गराउन सकिन्छ, त्यस्ता जिल्लामा तेस्रो चरणमा निर्वाचन गराउन समेत उनीहरुले आग्रह गरेका थिए।

आज चार बजे बस्ने बैठकले के गर्ने बन्ने निर्णय गर्छ भन्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा त्यहाँ बाट बहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...